Sunday, February 15, 2026
Homeसमाचारआज नेपाली सेना दिवस

आज नेपाली सेना दिवस

विराटचोकः आज नेपाली सेना दिवस हो । नेपाली सेनाको समर्पण र बहादुरीको सम्मान गर्ने एक विशेष दिनको रूपमा आजको दिनलाई लिइन्छ ।

राष्ट्रिय सार्वभौमिकता र सुरक्षा सुनिश्चित गर्न गरेको नेपाली सेनाले गरेको योगदान र बलिदानको सम्मान गर्ने यो दिन महा शिवरात्रि पर्वका दिन पर्छ ।

पहिले सेना दिवस माघ ५ मा राजा पृथ्वीनारायण शाहले वि.स. १८१८ मा गोर्खाली सेना स्थापना गरेको सम्झनामा मनाइन्थ्यो । नेपाल एकीकरणपछि सेना रोयल नेपाली सेनाको रूपमा नामकरण भयो । वि. सं.२०६१ देखि सेना दिवसको उत्सव माघ ५ बाट महाशिवरात्रिमा सारिएको थियो । वि.स. २०६५ मा शाही नेपाली सेनालाई नेपाली सेना नामकरण गरियो ।

सेना दिवसको सबैभन्दा ठूलो उत्सव काठमाडौंको टुँडिखेलमा रहेको नेपाली सेना पविलियनमा आयोजना गरिन्छ । राष्ट्रपति, प्रधानमन्त्री, सेना प्रमुखलगायत सो उत्सवमा सहभागी हुने परम्परा छ । उत्सवका प्रमुख कार्यक्रमहरूमा सैन्य परेड, तोप सलामी, राइफल र तोप दाग्ने, विभिन्न प्रकारका हतियार, गोला बारुद र सवारी साधनहरूको प्रदर्शनी, र सांस्कृतिक कार्यक्रमहरू समावेश हुने गर्छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments