विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा रहेको नेपालीरिका होटेलले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले रु.१०० अंकित दरका ५० लाख कित्ताले हुन आउने रु.५० करोड रकमबराबरको साधारण शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।
शेयर निस्काशनका लागि नेपालीरिका होटलको तर्फवाट अध्यक्ष भोलेश्वर दुलाल तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका बीच लक्ष्मी सनराइज् क्यापिटलको नयाँ बानेश्वरस्थित कार्यालयमा माघ २९ गते सम्झौतापत्रमा हस्ताक्षर गरी भएको छ ।







