उर्लाबारीः तत्कालीन माओवादी केन्द्र उर्लाबारीका प्रभावशाली नेता मिलन दाहाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । दाहाललाई एमालेले औपचारिक कार्यक्रममार्फत् पार्टीमा स्वागत गरेको छ ।
गत स्थानीय तह निर्वाचनमा उर्लाबारीमा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वारमध्ये सर्वाधिक मत प्राप्त गर्न सफल दाहालको एमाले प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
एमालेका स्थानीय नेताहरूले दाहालजस्तो जनाधार भएका नेताको आगमनले पार्टी सङ्गठन अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् । नवप्रवेशी दाहाललाई एमालेबाट मोरङ १ का उम्मेदवार घनश्याम खतिवडा लगायतले खादा तथा टीका लगाएर स्वागत गर्नुभएको थियो ।
पार्टी प्रवेशपछि दाहालले देश र जनताको हितका लागि एमालेमार्फत सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।







