Thursday, February 12, 2026
Homeशिक्षा र स्वास्थ्यप्याब्सन विराटनगरद्वारा प्रिन्सिपलहरूलाई प्रशिक्षण

प्याब्सन विराटनगरद्वारा प्रिन्सिपलहरूलाई प्रशिक्षण

विराटनगरः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विराटनगर महानगर समितिको आयोजनामा पेडागोजीकल लिडरसिप (शैक्षिक नेतृत्व) विषयमा कार्यक्रम भएको छ ।

ईसीईसी नेपाल इटहरीको प्राविधिक सहयोगमा एक दिने क्षमता अभिवृद्धि कार्यक्रम भएको हो । ईसीईसीका प्रबन्धक निर्देशक पीताम्बर न्यौपानेले आधुनिक शिक्षण प्रणाली तथा शिक्षण सिकाइ प्रभावकारिता, शैक्षिक वातावरण सुधार लगायतका विषयमा सहभागी प्रिन्सिपलहरूलाई सहजीकरण गरेका थिए ।

कार्यक्रममा विराटनगरका ३१ जना प्रिन्सिपलहरूले सहभागिता जनाएका थिए । वर्तमान अवस्थामा शिक्षण विधिलाई प्रभावकारी बनाउँदै सीपमूलक, गुणस्तरीय र प्रविधिमैत्री शिक्षालाई उत्कृष्ट बनाउने विषयमा छलफल भएको थियो ।

प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले गुणस्तरीय शिक्षामा जोड दिँदै विश्व प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिमका संयोजक तथा प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामाले शिक्षक–कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा यस प्रकारका थप तालिम प्रदान गरिने जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments