Thursday, February 12, 2026
Homeसमाचारधनकुटाको सुधार केन्द्रबाट १२ जना फरार

धनकुटाको सुधार केन्द्रबाट १२ जना फरार

धनकुटाः आज बिहान १० बजे धनकुटा नगरपालिका ५ कर्मीटारस्थित एक सुधार केन्द्रबाट १२ जना व्यक्ति फरार भएका छन् ।

सुनौलो जीवन सुधार तथा उपचार केन्द्रमा रहेका ३० जना मध्ये १२ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको खोजी कार्य जारी राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु माथिल्लो तलाको भान्सा कोठाबाट फरार भएको सुधार केन्द्रका सञ्चालक उज्ज्वल खनालले बताए । विजय मल्लिकको अगुवाइमा हेरालु व्यक्तिलाई कुटपिट गरेर उनीहरू फरार भएको बताइएको छ ।

भवनको सुरक्षा घेराको तारबेर तोडेर फरार भएकाहरू लागुऔषध तथा मादकपदार्थ सेवनको लतबाट छुटकारा दिलाउन सुधार केन्द्रमा राखिएका व्यक्ति भएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments