विराटचोकः आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्न शुरु गरेको छ ।
इटलीका निमित्त कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् । नियमित कप्तान वायन म्याड्सेन चोटका कारण उपलब्ध छैनन् ।
नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो । इटली पनि पहिलो खेलमा स्कटलयान्डसँग पराजित भएको थियो । त्यसैले आज पहिलो जीतको खोजीमा दुवै टोली रहेका छन् ।
नेपालले आज शेर मल्लको ठाउँमा ललित राजवंशीलाई टोलीमा समावेश गरेर एक जना खेलाडी परिवर्तन गरेको छ ।







