Thursday, February 12, 2026
Homeसमाचारआज कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आज कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

विराटचोकः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुनाले आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्याह्न्न सम्म हुस्सु तथा कुहिरो रहने पूर्वानुमान छ ।

कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्ने र बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानका साथै बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहने महाशाखाको पूर्वानुमान छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments