Tuesday, February 24, 2026
Homeखेलकुदफागुन १६ गते एनवाइइ गल्फ टुर्नामेन्ट हुने

फागुन १६ गते एनवाइइ गल्फ टुर्नामेन्ट हुने

धरानः नेपाल युवा उद्यमी मञ्च (एनवाइइ) सुनसरी च्याप्टरले फेब्रुअरी २८ अर्थात् फागुन १६ गते धरान गल्फ क्लब धरानमा एनवाइईएफ गल्फ टुर्नामेन्ट आयोजना गर्ने भएको छ ।

राष्ट्रियस्तरको सो प्रतियोगितामा नेपालका विभिन्न शहरहरूबाट आउने उत्कृष्ट गल्फ खेलाडीहरूका साथै भारतबाट समेत सहभागी खेलाडीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

सो प्रतियोगिताले खेलभावना, सौहार्दता तथा व्यावसायिक नेटवर्किङलाई एकै मञ्चमा जोड्दै खेलकुद र उद्यमशीलताको समन्वय गर्ने लक्ष्य लिएको छ । उद्यमी, व्यवसायी, पेशाकर्मी तथा गल्फप्रेमीहरूबीच सहकार्य र सम्बन्ध विस्तार गर्ने उत्कृष्ट अवसरका रूपमा कार्यक्रमलाई लिइएको बताइएको छ ।

पूर्वी नेपालमा गल्फ खेलको प्रवद्र्धन गर्ने तथा धरानका जुनियर गल्फ खेलाडीहरूको विकास र आर्थिक सहयोग गर्न प्रतियोगिता सफल हुने विश्वास आयोजकले लिएको छ । उद्यमी तथा व्यवसायीहरूबीच उच्चस्तरीय नेटवर्किङ अवसर सिर्जना गर्नु र नेतृत्व विकास ताथ सहकार्यको वातावरण सुदृढ पार्नु पनि प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट सङ्कलित सहयोगको एक अंश धरानका प्रतिभाशाली जुनियर गल्फ खेलाडीहरूको तालिम, उपकरण तथा अन्य आवश्यक स्रोतसाधनका लागि खर्च गरिने भएको छ । यसले स्थानीय युवा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास गरिएको छ ।

प्रतियोगिताले धरानलाई उच्चस्तरीय खेलकुद तथा व्यावसायिक नेटवर्किङ कार्यक्रमको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments