विराटचोकः नेपाली कांग्रेसले फागुन २ गते आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको हो ।
निर्वाचन आयोगले पनि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरिसक्न निर्देशन दिएको थियो ।
नेपाली कम्युनिष्ट पार्टीले मङ्गलबार प्रतिज्ञापत्र सार्वजनिक गरिसकेको छ ।







