काठमाडौंः पार्टीको विशेष महाधिवेशनपछि चुपचाप रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले कांग्रेसका उम्मेद्वारलाई जिताउन सक्रिय भएर लाग्न निर्देशन दिएका छन् ।
आज बिहान महाराजगञ्जस्थित देउवा निवासमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेट्दै देउवाले यस्तो निर्देशन दिएका हुन् । कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनमा सबै नेता, कार्यकर्ता पूर्ण रूपमा समर्पित हुनुपर्ने बताएको मुख्यमन्त्री शाहले जानकारी दिए ।
सो अवसरमा कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेट भएको बताइएको छ ।







