Tuesday, February 10, 2026
Homeसमाचाररामेछापमा बस दुर्घटना हुँदा १२ जनाको मृ#त्यु, ८ जनाको उपचार हुँदै

रामेछापमा बस दुर्घटना हुँदा १२ जनाको मृ#त्यु, ८ जनाको उपचार हुँदै

काठमाडौंः आज बिहान काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । ८ जनाको अस्पतालमा उपचार भइरहेको छ । बसमा कति जना यात्रु थिए भन्ने खुलेको छैन ।

आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको हो । घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।

अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बाटोबाट अन्य कति यात्रु चढेका थिए भन्ने नखुलेको हो।

प्रहरीका अनुसार घटनास्थलमा ६ जनाको शव फेला परेको हो । ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । सडकबाट खसेको बस नदीमा डुबेको थियो । बसलाई अहिले नदीबाट निकालिएको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीभित्र खोजी कार्य गरिरहेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments