विराटचोकः साताको पहिलो कारोबार दिन आज शेयर बजार २६ दशमलव ३६ अंकले घटेर २ हजार २२ दशमलव ९२ को बिन्दुमा बन्द भएको छ ।
नेप्सेमा सूचीकृतमध्ये ३०४ वटा कम्पनीका १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर भएको बजारमा जलविद्युत समूहमा मात्रै हरियाली छाएको छ ।
आज सोनापुर आयल एन्ड मिनरल्सको सबैभन्दा धेरै कारोबार भएको छ । तेह्रथुम पावर कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, सिंगटी हाइड्रोपावर र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।