Tuesday, February 10, 2026
Homeअर्थसवारीइम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषाको प्रयोग नगर्न सर्वोच्चको आदेश

इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषाको प्रयोग नगर्न सर्वोच्चको आदेश

काठमाडौंः सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।

अधिवक्ता रामबहादुर राउत ‘मातृदास’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग तथा डेकाटुर टाइगर कम्पनी नेपाललाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतको आदेशसँगै इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिलाई विस्थापित गर्दै अङ्ग्रेजी भाषा मात्रै प्रयोग गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने स्पष्ट भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments