Monday, February 9, 2026
Homeअर्थशेयर२६ अङ्कले घटेको शेयर बजारमा ४२ कम्पनीको मूल्य बढ्यो, खानीखोलाको मूल्य बढ्यो...

२६ अङ्कले घटेको शेयर बजारमा ४२ कम्पनीको मूल्य बढ्यो, खानीखोलाको मूल्य बढ्यो १० प्रतिशत

विराटचोकः आज नेपाली शेयर बजारको सूचक मापक नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.९६ प्रतिशत अर्थात् २६.०५ अंकले घटेर २ हजार ६७२.३९ अङ्कमा अडिएको छ । बजार घटे पनि ४२ कम्पनीको मूल्य बढेको छ । खानीखोला हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढ्दा रिडी हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ११ प्रतिशत बढेको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर १ लाख २ हजार २८१ पटक किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँको शेयर किनबेच भएको छ ।

व्यापार समूह मात्रै ०.२२ प्रतिशतले बढेको बजारमा फाइनान्स समूह आज सर्वाधिक अर्थात् २.२९ प्रतिशतले घटेको छ ।

घटेको बजारमा ९ प्रतिशतभन्दा बढी मूल्य बढेको रिडी पावरको आज सर्वाधिक अर्थात् ७७ करोड १९ लाख १८ हजार ६८५ रुपैयाँको शेयर किनबेच भएको छ । एसवाई प्यानल नेपाल, आँखुखोला जलविद्युत्, लिबर्टी इनर्जी र ङादी ग्रुप पावर उच्च मूल्य बढ्ने अन्य कम्पनीमा परेका छन् ।

आज मायाखोला हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ५.४० प्रतिशतले घटेको छ । यस्तै माबिलुङ इनर्जीको शेयरमूल्य ४.९३ प्रतिशत, कालिञ्चोक दर्शनको ४.६८ र नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य ४.५० प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ८७ अर्ब १ करोड ४५ लाख ३ हजार ९७० रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments