Monday, February 9, 2026
Homeसमाचारसलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १८ औँ वार्षिक साधारणसभा सम्पन्न

सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १८ औँ वार्षिक साधारणसभा सम्पन्न

सलकपुरः मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १८ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

खानेपानी तथा ढल निकास व्यवस्थापन विभाग विराटनगरका प्रमुख सुरतलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समितिका अध्यक्ष रामकुमार तामाङले समितिको प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

समितिकी कोषाध्यक्ष सावित्रा पोखरेलले कोषाध्यक्षको प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन सरोज भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभामा पूर्व समितिका पदाधिकारीहरूलाई सम्मानपत्र तथा अवकाश प्राप्त कर्मचारीहरूलाई सम्मान गर्दै बिदाइ गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष खेमप्रसाद न्यौपाने, समितिका संस्थापक अध्यक्ष तथा पूर्व सभासद लोकप्रसाद संग्रौला, नारी विकास संघकी अध्यक्ष सुशीला कार्की, समाजसेवी प्रेमप्रकाश उप्रेती लगायतले शुभकामना राख्नुभएको थियो ।

समितिका सचिव सुरेश दाहालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

साधारणसभाले समितिको वार्षिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनालाई पारित गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments