विराटचोकः साताको पहिलो कारोबार दिन हिजो नेपाली शेयर बजार मापक परिसूचक नेप्से ०.३७ प्रतिशत अर्थात १०.२५ अंकले घटेर २ हजार ६९८.४४ अङ्कमा रोकिएको छ ।
नेप्सेमा सूचीकृत मध्ये ३३० वटा कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर १ लाख ११ हजार ९७८ पटक किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये लगानी र अन्य समूह मात्रै क्रमशः ०.०८ र ०.४६ प्रतिशतले बढेको बजारमा होटल समूह सर्वाधिक अर्थात २.१३ प्रतिशतले घटेको थियो ।
सुपर मादी हाईड्रोपावरको सर्वाधिक ५६ करोड ३ लाख ४८ हजार १५५ रुपैयाँको शेयर किनबेच भएको बजारमा आँखुखोला जलविद्युत्, रिडी पावर, राधी विद्युत र एसवाई प्यानल नेपाल सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीमा परे ।
बजार घटे पनि सुपरमाई हाईड्रो, रिडी पावर र खानीखोला हाईड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको बजारमा कालिञ्चोक दर्शनको शेयरमूल्य सर्वाधिक अर्थात ८.९१ प्रतिशतले घटेको थियो ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ३० अर्ब ७६ करोड ९७ लाख २२ हजार ९५० रुपैयाँ कायम भएको छ ।







