Monday, February 9, 2026
Homeखेलकुदयस्ता छन् विश्वकप क्रिकेट खेल्दै गरेका नेपाली टिमका १५ खेलाडीका विशेषता

यस्ता छन् विश्वकप क्रिकेट खेल्दै गरेका नेपाली टिमका १५ खेलाडीका विशेषता

विराटचोकः शनिबारदेखि आइसीसी पुरुष टी २० विश्वकप क्रिकेट प्रतियोगिता शुरु भएको छ । नेपाली टिमबाट १५ जना खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा नेपालले हिजो पहिलो खेल खेल्दा हार बेहोरेको छ । नेपालले अब तीन खेल खेल्न बाँकी छ ।

यस्ता छन् नेपाली क्रिकेट टिमका १५ खेलाडीका विशेषताः

कुशल भुर्तेल (ओपनिङ ब्याटर)
कुशल भुर्तेल नेपाली क्रिकेट टोलीका आक्रामक ओपनिङ ब्याटर हुन् । पावर हिटिङ, छिटो स्कोर बनाउने र इनिङ्सलाई आक्रामक रूपमा शुरु गर्ने क्षमता पनि भुर्तेलमा छ ।

भुर्तेलले फिल्डिङ र बलिङमा पनि योगदान दिन सक्ने हुनाले नेपाली टोलीलाई थप बलियो बनाउने नेपाली क्रिकेटप्रेमीको आशा छ ।

आसिफ शेख (विकेटकिपर ब्याटर)
आसिफ शेख ओपनिङ ब्याटर तथा विकेटकिपर दुवै भूमिकामा उत्कृष्ट छन् । इनिङ्सको सुरुवातमा स्थिरता दिने, राम्रो टेक्निक र दबाबमा पनि राम्रो खेल्ने क्षमता उनमा छ ।

विकेट किपिङमा उनी नेपाली टोलीको पहिलो रोजाइ हुन् । आसिफले भारतमा यसपटक विश्वकप खेलेसँगै आफ्नो दोस्रो टी–२० विश्वकप को अनुभव लिनेछन् ।

रोहितकुमार पौडेल (टपअर्डर ब्याटर)
रोहित पौडेल धैर्यपूर्वक ब्याटिङ गर्ने खेलाडी हुन्।

२० वर्षको उमेरदेखि कप्तानी सम्हाल्दै आएका उनी अहिले अनुभवी भइसकेका छन् । उनी नेपाली क्रिकेटको मुख्य आधारस्तम्भ र नेतृत्वकर्ता हुन् ।

तोस्रो नम्बरमा ब्याटिङ गर्ने रोहितमा इनिङ्सलाई एकरुपता दिने र दबाबमा पनि राम्रो प्रदर्शन गर्ने क्षमता छ । टी–२० विश्वकप २०२६ मा उनले नेपाली टोलीका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सन्दीप जोरा (ब्याटर)
सन्दीप जोरा मध्यक्रमका ब्याटर हुन् । आक्रामक शैलीमा खेल्ने, छिटो रन बनाउने र दबाबपूर्ण अवस्थामा पनि इनिङ्सलाई अगाडि बढाउने क्षमता उनको मुख्य क्षमता हो । विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय खेलहरूमा उनले राम्रो प्रदर्शन गरेका छन् ।

लोकेश बम (ब्याटर)
लोकेश विस्फोटक ब्याटर हुन्, उनी छोटो समयमा ठूलो स्कोर बनाउन सक्छन् । आक्रामक शैली र पावर हिटिङ उनको मुख्य क्षमता हो । २०१८ मा १७ वर्षको उमेरमा उनले पोखरा प्रिमियर लिगमा तीन देशका पूर्वकप्तानको टोलीविरुद्ध अर्धशतक प्रहार गरेर ठूलो ध्यान खिचेका थिए । यो प्रदर्शनले उनलाई राष्ट्रियस्तरमा चर्चित बनाएको थियो ।

दीपेन्द्रसिंह ऐरी (अलराउन्डर)
दीपेन्द्र छिटा र फुर्तिला अलराउन्डर हुन् । फिल्डिङमा अत्यन्त छिटो र प्रभावकारी, बलिङमा विविधता र ब्याटिङमा आक्रामक तथा स्थिर दुवै प्रदर्शन गर्न सक्ने उनको क्षमता छ । उनको गति, ऊर्जा र आक्रामक शैलीका कारण ‘टाइगर’ उपनामले चिनिन्छन् । विपक्षीका लागि डरलाग्दो र टिमका लागि बहुमूल्य खेलाडी दीपेन्द्र नेपाली क्रिकेटका सबैभन्दा पूर्ण अलराउन्डर मध्ये एक हुन् ।

गुल्सन झा (अलराउन्डर)
गुल्सन झा नेपाली टोलीका प्रतिभाशाली युवा अलराउन्डर हुन् जसले बलिङ र ब्याटिङ दुवैमा विपक्षीलाई दबाब दिन सक्छन् । विशेषगरी उनको आक्रामक शैली र परिस्थिति अनुसार खेल्ने क्षमताले विपक्षी खेलाडीलाई तनाव दिन्छ ।

नेपाली क्रिकेटमा युवा तथा उदीयमान अलराउन्डर उनले विभिन्न टी–२० र एकदिवसीय खेलमा नेपालका लागि महत्वपूर्ण योगदान दिएका छन् । विशेषगरी दबाबपूर्ण अवस्थामा इनिङ्स बचाउने वा आक्रमण गर्ने क्षमता उनमा छ ।

आरिफ शेख (ब्याटर)
आरिफ शेख नेपाली टोलीको ब्याटिङका आधारस्तम्भ हुन् । आरिफ मिडल अर्डरमा स्थिरता र विश्वसनीयता दिने प्रमुख ब्याटर हुन् । दबाबपूर्ण अवस्थामा पनि राम्रो खेल्ने, इनिङ्सलाई लम्ब्याउने र टिमलाई बलियो स्थिति दिन सक्ने क्षमता उनमा छ । आरिफ नेपाली क्रिकेटका युवा तथा अनुभवी पुस्ताका बीचमा पुल बन्ने खेलाडी हुन् । उनले एकदिवसीय र टी–२० मा नेपालका महत्वपूर्ण इनिङ्स खेलेका छन् र नेपालको ब्याटिङ लाइनअपलाई मजबुत बनाएका छन् ।

बसिर अहमद (अलराउन्डर)
बसिर अहमद बलिङ र ब्याटिङ दुवैमा एकरुपको प्रदर्शन गर्न सक्ने बायाँ हाते खेलाडी हुन् । बलिङमा नियन्त्रण र विकेट लिने क्षमता तथा ब्याटिङमा दबाबमा पनि राम्रो स्कोर बनाउने क्षमता उनको मुख्य विशेषता हो ।

उनी टिमको मिडल अर्डरमा ब्याटिङ गर्न सक्छन् ।

सोमपाल कामी (बलिङ अलराउन्डर)
सोमपाल नयाँ बलले विपक्षी ब्याटरहरूलाई सिकार बनाउने क्षमता भएका अनुभवी खेलाडी हुन् । करियरको सुरुवात ब्याटरको रूपमा गरेका उनी पछि तीव्र गतिका बलर बने र हाल अलराउन्डरको भूमिकामा छन् । उनी नेपाली टोलीबाट सबैभन्दा बढी तीन पटक टी–२० विश्वकप खेल्ने एक्ला खेलाडी हुन् ।

करण केसी (बलिङ अलराउन्डर)
करण केसी हार्न लागेको खेललाई पनि जिताउन सक्ने अलराउन्डर हुन् । बलिङ र ब्याटिङ दुवैमा महत्वपूर्ण योगदान दिन सक्ने खेलाडी हुन् ।

सन्दीप लामिछाने (लेग स्पिनर)
नेपाल क्रिकेट टोलीका प्रमुख लेगस्पिनर सन्दीप लामिछाने नेपाली बलिङ विभागको मुख्य भरोसा हुन् । उनी नेपाली बलिङका सबैभन्दा ठूलो र भरपर्दो हतियार हुन् । लेगस्पिनरको रूपमा उनको गुणस्तर र प्रभावले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ । उनी नेपाली क्रिकेट इतिहासका सबैभन्दा सफल स्पिनरमध्ये एक हुन् ।

ललित राजवंशी (बायाँ हाते स्पिनर)
बायाँ हाते स्पिनर ललित राजवंशी किफायती बलर हुन् । उनको क्षमता कम रन दिने र विकेट लिने हो । उनले आफ्नो बलिङलाई समयसँगै सुधार्दै लगेका छन् । ललित खेल नियन्त्रणमा राख्न सक्ने स्पिनर हुन् ।

नन्दन यादव (बलर)
मध्यम गतिका बलर नन्दनकुमार यादव सुझबुझपूर्ण र बुद्धिमानीपूर्ण बलिङका लागि चिनिन्छन् । नन्दन दशक लामो क्रिकेट करियरपछि उनी झन्डै अस्ट्रेलिया पलायन भएका थिए । अस्ट्रेलियामा क्रिकेट खेलेपछि उनको बलिङमा धेरै परिष्कृत र सुधार आएको थियो । रणनीति र परिस्थिति अनुसारको बलिङ उनको मुख्य विशेषता हो ।

शेर मल्ल (स्पिनर)
शेर मल्ल एनपिएलमा लगातार दुई उपाधि जित्ने एक मात्र खेलाडी हुन् । पहिलो सिजनमा जनकपुर बोल्ट्सबाट र दोस्रो सिजनमा लुम्बिनीबाट उपाधि जितेका उनी दोस्रो सिजनमा ’मिस्ट्री’ स्पिनरको उपनामले चर्चित बने । पावरप्लेमा विकेट लिने र दबाबमा ठूला सट खेल्ने क्षमता उनमा छ । उनी विश्वकपका लागि परेका एक मात्र नयाँ खेलाडी हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments