Monday, February 9, 2026
Homeराजनीतिसमानुपातिकमा १२ जना ८० वर्ष माथिका उम्मेद्वार

समानुपातिकमा १२ जना ८० वर्ष माथिका उम्मेद्वार

काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा २५ देखि ८० वर्षभन्दा माथिका उमेरका उम्मेद्वार पनि समावेश भएका छन् ।

निर्वाचन आयोगको बन्दसूचीमा समाविष्ट विवरणअनुसार युवामा महिला उम्मेद्वार र प्रौढमा तुलनात्मक रूपमा पुरुष उम्मेद्वार बढी रहेको देखिएको छ । आयोगका अनुसार बन्दसूचीमा ३ हजार १३५ उम्मेद्वार रहेकामा महिला १ हजार ७७२ र पुरुष एक हजार ३६३ जना छन् ।

आयोगका अनुसार सो बन्दसूचीमा २५ देखि २९ वर्ष उमेर समूहका महिला ११७ र पुरुष ५१ गरी १६८ जना, ३० देखि ४० उमेर समूहका २०१ महिला र ८४ पुरुष गरी २८५ जना उम्मेद्वार छन् । ३५ देखि ३९ उमेर समूहका २६८ महिला र १३३ पुरुष गरी ४०१ जना, ४० देखि ४४ उमेर समूहका ३४१ महिला र १९४ पुरुष गरी ५३५ जना उम्मेदवार छन् ।

४५ देखि ४९ उमेर समूहका महिला २९४ र पुरुष १६२ गरी ४५६ जना, ५० देखि ५४ उमेर समूहका २२० महिला र १६६ पुरुष गरी ३८६ जना, ५५ देखि ५९ उमेर समूहका १५५ महिला र २०० पुरुष गरी ३५५ जना र ६० देखि ६४ उमेर समूहका १०३ महिला र १५८ पुरुष गरी २६१ जना उम्मेद्वार रहेका छन् ।

त्यस्तै, ६५ देखि ६९ उमेर समूहका ४४ महिला र ११४ पुरुष गरी १५८ जना, ७० देखि ७४ उमेर समूहका १९ महिला र ६७ पुरुष गरी ८६ जना, ७५ देखि ७९ उमेर समूहका महिला ९ र पुरुष २३ गरी ३२ जना तथा ८० वर्ष माथिका १ महिला र ११ पुरुष गरी १२ उम्मेद्वार बन्दसूचीमा रहेका छन् ।

समावेशी समूहका आधारमा आदिवासी जनजातितर्फ ९११ जना, खसआर्यतर्फ ९४६ जना, दलितर्फ ४२५ जना, थारुतर्फ २०३ जना, मधेसीतर्फ ५०२ जना, मुस्लिमतर्फ १४८ जना उम्मेदवार समावेश छन् ।

आयोगमा गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । तीमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उम्मेद्वारी मनोनयन गरेका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका उम्मेद्वारको बन्दसूचीमाथि परेका उजुरीका आधारमा आयोगले ७६ जना उम्मेद्वारको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments