विराटचोकः नेपाल र भारतका सुरक्षाकर्मीबीच हिजो सीमा सुरक्षा बैठक चलिरहँदा अचेत भएर ढलेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको हिजो उपचारका क्रममा निधन भएको छ ।
मोरङको विराटचोकमा शुक्रबार दिउँसो नेपाल भारत डिआईजीस्तरीय सुरक्षा बैठक चलिरहेका बेला उहाँ बेहोश हुनुभएको थियो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख घिमिरेलाई उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा उहाँको त्यहीँ निधन भएको हो ।
उहाँ मोरङबाट मकवानपुर सरुवा हुनुभएको थियो । मकवानपुरस्थित नम्बर ३ बाहिनी गढीमाई मुख्यालयमा सरुवा हुनुभएका उहाँ आज त्यसतर्फ जाने तयारीमा हुनुहुन्थ्यो ।







