विराटचोकः आजदेखि आईसीसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगिता हुँदै छ । भारत र श्रीलंकाको आयोजनामा हुने विश्वकपको पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्डबीच बिहान सवा ११ बजे खेल हुने भएको छ । नेपाल रोहितकुमार पौडेलको कप्तानीमा विश्वकपमा सहभागी भएको छ ।
आजै वेस्ट इन्डिज र स्कटल्यान्ड तथा भारत र अमेरिकाबीच पनि प्रतिष्पर्धा हुने भएको छ । ८ मार्चसम्म जारी रहने प्रतियोगितामा २० देश सहभागी छन् । नेपाल पनि तेस्रो पटक विश्वकप खेल्दै छ । नेपालले यसअघि सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो ।
नेपालले समूह चरणका चारै खेल मुम्बईमा खेल्नेछ । नेपाल रहेको समूहमा दुई पटकको विजेता इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड समावेश छन् ।
नेपाली क्रिकेट टोली १५ सदस्यीय रहेको छ ।







