Saturday, February 7, 2026
Homeफिचरविराटचोकमा भएको सीमा सुरक्षा बैठकमा बेहोश भएर ढलेका सशस्त्रका एसपी राजेश घिमिरेको...

विराटचोकमा भएको सीमा सुरक्षा बैठकमा बेहोश भएर ढलेका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

विराटचोकः मोरङको सुन्दरहरैंचास्थित नेपालीरिका होटलमा हिजो भएको नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोश भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला उहाँ बेहोश भएर ढल्नुभएको थियो ।

उपचारका क्रममा हिजो राति ८ बजेर ५२ मिनेटमा विराट मेडिकल कलेजमा उहाँको निधन भएको हो ।

उच्च रक्तचापका बिरामी उहाँ बैठकका क्रममा ढल्दा जिब्रो काटिएको थियो । उहाँको स्वास्थ्य अवस्था थप जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उहाँ सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकलीमा कार्यरत हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments