Saturday, February 7, 2026
Homeफिचरनिर्वाचन आयोगले गरेको अन्तरक्रियामा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवारले मागे सुरक्षा

निर्वाचन आयोगले गरेको अन्तरक्रियामा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवारले मागे सुरक्षा

विराटनगरः मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले क्षेत्र नं. ६ का उम्मेदवारहरूसँग हिजो आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा केही उम्मेद्वारहरुले भोट माग्ने जान सक्ने अवस्था नरहेको भन्दै सुरक्षा प्रत्याभूति दिलाउन माग गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले आफू महिला उम्मेदवार भएकाले अन्यको तुलनामा बढी सुरक्षा चुनौती महसुस गरिरहेको बताउनुभयो । प्रशासनको अमूर्त आश्वासनले मात्र ढुक्क हुने अवस्था नभएकाले ठोस सुरक्षा योजना र अनुसन्धानको कार्यविधि (प्रिलिमिनरी इन्भेस्टिगेसन अप्रोच) चाहिने उहाँको भनाइ थियो ।

राप्रपाका उम्मेदवार सबिन निरौलाले प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाउँदै सुरक्षा संयन्त्रले ठूला दलका उम्मेद्वारलाई मात्रै ध्यान दिएको र साना दलका उम्मेद्वारलाई बेवास्ता गरेको आरोप लगाउनुभयो ।

जसपाका चुनावी कमाण्डर महेशकुमार यादव र स्वतन्त्र उम्मेद्वार उत्तम दाहालले पनि राज्यका निकाय र सञ्चारमाध्यमले समेत ठूला दलका भनिएका उम्मेद्वारलाई मात्र प्राथमिकता दिएर सानालाई उपेक्षा गरेको बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले प्रशासनले जति नै काम गरे पनि उम्मेद्वार र राजनीतिक दलहरुले जहिले पनि केही न केही खोट देख्ने र असन्तुष्ट हुने अवस्था देखिएको बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments