Friday, January 30, 2026
Homeसमाचारकीर्तिमान–भाउन्ने सडक कालोपत्रे हुने, यसैवर्ष डीपीआर शुरु हुने

कीर्तिमान–भाउन्ने सडक कालोपत्रे हुने, यसैवर्ष डीपीआर शुरु हुने

बेलबारीः लेटाङको कीर्तिमानदेखि बेलबारीको भाउन्नेसम्मको सडक कालोपत्रे हुने भएको छ । लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावती र बेलबारी नगरपालिकाका नगर प्रमुख डीपी राईको पहलमा सो सडक कालोपत्रे हुने भएको हो ।

मङ्गलबार कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय पुगेका दुवै नगरका नगर प्रमुखले मन्त्री प्रदीपकुमार सुनुवारलाई भेटेर सो सडक कालोपत्रे गर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा मन्त्री सुनुवारले सडक कालोपत्रेका लागि यसवर्ष डीपीआरको काम शुरु गरी आगामी आर्थिक वर्षमा बहुपर्षे ठेक्का आह्वान गरी काम शुरु हुने बताउनुभएको हो ।

नगरप्रमुख लावतीले भाउन्नेबाट कीर्तिमान हुँदै चिसाङ खोला पुल नजिकै मदन भण्डारी राजमार्ग जोड्ने गरी ८ किलामिटर सडक कालोपत्रेका लागि डीपीआरको काम अघि बढाउन प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

सो सडक निर्माण भएसँगै बेलबारी र लेटाङ जोड्ने अर्काे सहज सडक थप भई आवागमनमा सहज हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments