Friday, January 30, 2026
Homeसमाचारबाल विकासका लागि सङ्गठन (अर्किड) को दशौं वार्षिक साधारणसभा तथा सामाजिक लेखा...

बाल विकासका लागि सङ्गठन (अर्किड) को दशौं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न

बेलबारीः बालबालिकाहरूको अधिकार र पुनस्र्थापनाको लागि कार्यरत संस्था बाल विकासको लागि संगठन (अर्किड) को दशौँ वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण हिजो सम्पन्न भएको छ ।

बेलबारी– २ मा रहेको संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा राजनीतिक तथा सामाजिक व्यक्तित्व हर्कमान तामाङ हुनुहुन्थ्यो ।

कार्यक्रमलाई राई र तामाङका साथै इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरी, बालबालिका खोजतलास समन्वय केन्द्र १०४ कोशी प्रदेशका प्रमुख प्रहरी नायब निरीक्षक मोतीराज दाहाल, सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल, कबिर माध्यमिक विद्यालय बेलबारीका प्रधानाध्यापक अभय लिम्बू, नवजनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक महानन्द तिम्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

इलाका प्रहरी कार्यालय बेलबारीकी महिला सेलकी सरिता बुढाथोकी, लेखक केशु विरही, सामाजिक व्यक्तित्वहरू हेमराज थापा, देव सैँजु लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

संस्थाका सचिव हर्कराज बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व संस्थाका कार्यवाहक अध्यक्ष आइतराज लिम्बूले गर्नुभएको थियो । संस्थाकी सदस्य सुनिता तिवारी हुमगाईँले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाको बारेमा जानकारी तथा शुभकामना मन्तव्य दातृ संस्था सिपिसिएसका कार्यक्रम निर्देशक नवराज पोखरेल ‘नवशिला’ले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments