विराटचोकः पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हँदा नेपालको पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ । गत १२ घण्टामा सबैभन्दा धेरै वर्षा डडेलधुरामा भएको छ ।
पछिल्लो १२ घन्टामा डडेलधुराको गाइबन्डे केन्द्रमा २९.६, डडेलधुराको जोगबुढामा २४.६, कञ्चनपुरको हनुमान नगरमा २३.६, ज्यामिरखाली केन्द्रमा २६.२, चिउरी केन्द्रमा २५.८ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा आज राति हल्का वर्षाको सम्भावना रहेको छ ।
आज दिनभरि धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको तथा बिहीबारदेखि भन केही ठाउँमा बादल लागे पनि मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भू–भागमा साधारणतया बादल लाग्नेछ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।







