विराटचोकः मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा स्थापना हुने “यमबुद्ध छात्रवृत्ति कोष” मा मोरङ क्षेत्र नं.३ का पूर्व सांसद डा.सुनिल शर्माले १० लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।
यम बुद्ध फाउन्डेसनद्वारा मोरङ जिल्लाको सुकुना बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको अभियानमा उक्त सहयोग प्रदान गरिएको हो । फाउन्डेसनका अनुसार सो अक्षयकोष सुकुना बहुमुखी क्याम्पसमा स्थापना गरिनेछ ।
फाउन्डेसनको सिफारिसमा नोबेल मेडिकल कलेजबाट ५ जनालाई शतप्रतिशत निःशुल्क उपचार तथा ५० जनालाई ५० प्रतिशत छुटमा उपचार प्रदान गर्ने घोषणा पनि शर्माले गर्नुभएको छ । त्यस्तै काठमाडौं मेडिकल कलेजबाट १० जनालाई शतप्रतिशत निःशुल्क उपचार र ५० जनालाई ५० प्रतिशत छुटमा उपचार उपलब्ध गराइने घोषणा गरिएको छ ।







