Monday, January 26, 2026
Homeअर्थशेयरघट्यो नेप्से सूचक, बढ्यो कारोबार रकम, ५ कम्पनीको शेयरमूल्य बढ्यो १० प्रतिशत

घट्यो नेप्से सूचक, बढ्यो कारोबार रकम, ५ कम्पनीको शेयरमूल्य बढ्यो १० प्रतिशत

विराटचोकः निरन्तर बढिरहेको शेयर बजार आज सामान्य अङ्क घटेको छ । बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्दा आज नेप्से ३.०७ अङ्कले घटेर २ हजार ७६९.०९ विन्दुमा अडिएको अनुमान गरिएको छ ।

बजार घटे पनि आज कारोबार रकम भने आइतबारको तुलनामा २० प्रतिशतले बढेर १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ रुपैयाँको कारोबार भएको छ । आज ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर १ लाख ४७ हजार ६७६ पटक किनबेच भएका थिए ।

आज होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोषको सूचक बढेको छ । वाणिज्य बैंक, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचक भने तल झरेका हुन् ।

बजार घटे पनि आज एसवाई प्यानल नेपाल, हिमस्टार उर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोशी विकास बैंक र माउण्टेन हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ । घटेको बजारमा नेशनल हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, ज्योति विकास बैंक, गुह्येश्वरी मर्चेन्ट फाइनान्सका लगानीकर्ता धेरै शेयरमूल्य गुमाउने लगानीकर्तामा परेका छन् ।

हिमालय पावर पार्टनर, आँखुखोला जलविद्युत कम्पनी, मञ्जुश्री फाइनान्स, एस वाई प्यानल नेपाल र बन्दीपुर केबलकार उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ४९ अर्ब ३८ करोड २२ लाख १० हजार ४५७ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments