Wednesday, January 14, 2026
Homeकृषिनेपाल कृषि सहकारी संघमा एकराज उप्रेतीको अध्यक्षतामा नयाँ नेतृत्व, सुन्दरहरैंचाका बस्नेत सञ्चालक...

नेपाल कृषि सहकारी संघमा एकराज उप्रेतीको अध्यक्षतामा नयाँ नेतृत्व, सुन्दरहरैंचाका बस्नेत सञ्चालक समिति सदस्य निर्वाचित

 विराटचोकः नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको ५ औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा तथा महिला उपाध्यक्षमा मीनाकुमारी ढकाल र सचिवमा चिरञ्जीवी केसी निर्वाचित हुनुभएको छ ।

१५ सदस्य सञ्चालक समितिका लागि ७ प्रदेशबाट एक एक जना निर्वाचित हुने व्यवस्थाअनुसार बागमतीबाट एकराज उप्रेती, गण्डकीबाट कृष्णबाु श्रेष्ठ, लुम्बिनीबाट पूर्ण शर्मा र सुदूरपश्चिमबाट धर्म कुँवर निर्विरोध निर्वाचित हुनुभएको थियो ।

प्रदेशको प्रतिनिधित्वअन्र्तगत कोशी, मधेस र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारीका लागि निर्वाचन भएको थियो । कोशीबाट इन्दिरा निरौला ४५ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी खगेन्द्रराज भण्डारीले ४१ मत प्राप्त गर्नुभयो ।

मधेस प्रदेशमा मिश्रलाल सहनी ५६ मतसहित विजयी हुनुभएको छ । अन्य उम्मेद्वार रामसोभित यादवले २०, दीपेन्द्रकुमार यादवले १२, रामचन्द्र यादवले ५ र शम्भुनाथ यादवले ३ मत प्राप्त गर्नुभएको थियो ।
कर्णाली प्रदेशमा २८ मतका साथ धर्मराज थापा निर्वाचित हुँदा प्रतिद्वन्द्वी चाँदनी ढकालले २६ मत प्राप्त गर्नुभएको थियो ।

खुला सञ्चालकमा चिरञ्जीवी के.सी. ३७७, सुखदेव न्यौपाने ३६२, हरिबहादुर बस्नेत ३३५, हरिबहादुर अधिकारी ३२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । पराजित उम्मेद्वार सुमन नेपालले २२१ र नारायणप्रसाद खनालले २४१ मत ल्याउनुभएको थियो ।

महिला सञ्चालकमा गीता केसी ४१५, मीनाकुमारी ढकाल ४०१, देवकीकुमारी भण्डारी ३२३ र गोमादेवी आचार्य २५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिष्पर्धीहरु झुपा पाण्डेले २१३, नयनकला खड्काले १२० र कमलाकुमारी रिमालले १५६ मत प्राप्त गर्नुभएको थियो ।

संघको लेखा सुपरिवेक्षण समितिमा लेखा संयोजक महेश्वर सुवेदी र सदस्यमा पूर्णबहादुर विष्ट तथा पवित्रा घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ ।

संघको पदावधि ४ वर्षको लागि हुनेछ । संघमा अहिले १ हजार १ सय ५१ सदस्य संस्था रहेका छन् । संघले ७७ जिल्लामा आफ्नो कार्य क्षेत्र विस्तार गरी ९ लाख घरपरिवारका सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पोषणराज लामिछानेले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments