काँकरभिट्टाः हात्तीप्रभावित झापको मेचीनगर नगरपालिका–४ बाहुनडाँगी बजारमा माघे सङ््क्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गते अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ ।
आयोजक समितिका अध्यक्ष मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका तरुलसहित रैथाने खानेकुराको प्रदर्शनी गरिनेछ । महोत्सवमा तरुलजन्य १८ प्रकारका रैथाने खानेकुरा प्रदर्शन गरिने भएको छ ।
युएनडिपी, इसिमोड, डब्ल्युडब्ल्युएफ, प्रकृति संरक्षण कोषलगायत गैरसरकारी संस्थाको सहयोगमा कोशी प्रदेश सरकार र पर्यटन कार्यालय काँकरभिट्टाको सहभागितामा महोत्सव आयेजना हुने आयोजक समितिका सचिव निरज घिमिरेले जानकारी दिनुभयो ।
महोत्सवमा लोक कलाकार डेजी बराइली र कमलिकान्त भेटवालको साङ्गीतिक प्रस्तुति पनि रहने भएको छ ।
लगभग ५० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ ।







