Tuesday, January 13, 2026
Homeकला र साहित्यपाँचौँ दिन आज बेलबारी महोत्सवमा स्वप्न सुमन र लक्ष्मी पौडेलको साङ्गीतिक प्रस्तुति

पाँचौँ दिन आज बेलबारी महोत्सवमा स्वप्न सुमन र लक्ष्मी पौडेलको साङ्गीतिक प्रस्तुति

बेलबारीः दोस्रो बेलबारी महोत्सवको पाँचौँ दिन आज युवापुस्ताका अत्यन्तै लोकप्रिय र चर्चित गायक स्वप्न सुमनले साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको महोत्सवको आजको साङ्गीतिक साँझमा स्वप्न सुमनलाई कलाकार लक्ष्मी पौडेलले साथ दिनेछिन् । नेपाल आइडलको सिजन ४ मा तहल्का मच्चाएकी उनी बेलबारीकै बासिन्दा हुन् ।

पुस २५ गतेदेखि शुरु भएको यो महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ । आजको मुख्य साङ्गीतिक कार्यक्रम बेलुकी ७ बजे शुरु हुने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments