विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६५ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ६८५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको थियो ।







