विराटनगरः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मोरङका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीको बैठकले ४३ जना उम्मेद्वारको नाम सिफारिश गरेको छ ।
क्षेत्रीय कमिटीहरुले ३ देखि १६ जना सम्मको नाम सिफारिश गरेका छन् । नेता विनोद ढकालको नाम तीन वटा क्षेत्रबाट सिफारिश भएको छ । ढकाललाई क्षेत्र नं. १, ४ र ६ बाट सिफारिश गरिएको छ ।
मोरङ १ बाट कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, विनोद ढकाल, शान्ति लिम्बू, योगेश बस्नेत, डिल्ली शर्मा अधिकारी र भुपाल जिमीको नाम सिफारिश गरिएको छ । सो क्षेत्रबाट १५ जना आकांक्षीले नाम टिपाएका थिए ।
क्षेत्र नं. २ बाट निवर्तमान सांसद ऋषिकेश पोखरल, रंगेली नगर प्रमुख दिलिप अग्रवाल र पूर्व राष्ट्रियसभा सदस्य नैनकला ओझाको नाम सिफारिश भएको छ ।
क्षेत्र नं. ३ बाट बासुदेव थापा, विजय डाँगी, सुजय गौतम, प्रकाश राई, किशोर राई, प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैंचा नगर प्रमुख केदारप्रसाद गुरागाईँ , इरान राई, सुरेन्द्रबहादुर थापा, मधु गुरुङ, धनमाया तामाङ, वीरेन्द्र श्रेष्ठ, मोहनप्रसाद न्यौपाने, रविन थापा र पूर्व सांसद भानुभक्त ढकालको नाम सिफारिश गरिएको छ ।
क्षेत्र नं. ४ बाट केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, नरेन्द्र वस्नेत, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी, मनोजविक्रम शाह, मृत्युञ्जय झा र मीना चौधरीको नाम सिफारिश गरिएको छ ।
क्षेत्र नं. ५ बाट उद्धव पोखरेल, वीरेन्द्र यादव, मीना यादव, मझार आलम, दिलसाद आलम र मनोज तिवारीको नाम सिफारिश गरिएको छ ।
क्षेत्र नं. ६ बाट पूर्व सांसद लालबाबु पण्डित, पर्शुराम बस्नेत, सत्यनारायण चौधरी, भूराज राई, यशोदा अधिकारी र रीता न्यौपानेको नाम सिफारिश गरिएको छ ।
०७९ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ मा मात्रै एमालेले जितेको थियो ।







