Wednesday, January 7, 2026
Homeअर्थमृगौलिया साना किसानको साधारणसभामा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान

मृगौलिया साना किसानको साधारणसभामा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान

विराटचोकः साना किसान कृषि सहकारी संस्था लिमिटेड मृगौलिया सुन्दरहरैंचा–११ को २७ औँ वार्षिक साधारणसभामा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको छ ।

पुस २० गते संस्थाको प्राङ्गणमा भएको कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य, नियमित बचतकर्ता, पशुपालक, बीउ उत्पादक, कक्षा १२ को परीक्षामा सर्वाेत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरी, नियमित बाल बचतकर्ता र संस्थाका कर्मचारीलाई पुरस्कृत गरिएको हो ।

संस्थाले ज्येष्ठ महिला शेयर सदस्य पार्वती भण्डारी र ज्येष्ठ पुरुष शेयर सदस्य काजीराम बस्नेतलाई प्रमाणपत्र, दोसल्ला र नगदद्वारा सम्मान गरेको छ ।

त्यस्तै, नियमित बचततर्फ पदमबहादुर दाहाल र बीउ उत्पादक समूहतर्फ पञ्चमुखी बीउ उत्पादन समूहलाई सम्मान गरिएको छ ।

गाईभैंसीपालनतर्फ किसान लक्ष्मी शर्मा, बंगुरपालक किसान बालाकुमारी लिम्बू, कुखुरापालनतर्फ सबिनादेवी सिक्दार र तरकारी खेतीतर्फ हीरा उरावलाई सम्मान गरिएको थियो । उत्कृष्ट किसानलाई दोसल्ला, नगद र प्रमाणपत्रका साथमा विभिन्न कृषि औजार प्रदान गरिएको थियो ।

शिक्षातर्फको पुरस्कार अन्तर्गत गत वर्षको कक्षा १२ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका सन्तानलाई पुरस्कृत गरिएको थियो । जसअन्तर्गत शेयर सदस्य दीपा ओझाकी छोरी दीक्षा ओझा र बिना सिलवालका छोरा दिव्य पोखरेललाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, नियमित बाल बचततर्फ मालादेवी तामाङकी छोरी साहिरा तामाङलाई नगद पुरस्कारका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कर्मचारीसम्मानअन्तर्गत संस्थाको स्थापनाकालदेखि निरन्तर कार्यरत संस्थाका प्रबन्धक अर्थलाल भगतलाई सम्मान गरिएको थियो ।

संस्था सञ्चालक समिति अध्यक्ष हरिबहादुर बस्नेतको अध्यक्षता तथा संस्थाका पूर्व अध्यक्ष महेन्द्र खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रवीन्द्र आचार्यलगायतको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments