Monday, October 19, 2026
Homeसमाचारदुर्घटनामा एकै विद्यालयका दुई विद्यार्थीको मृत्यु, ९ जना घाइते

दुर्घटनामा एकै विद्यालयका दुई विद्यार्थीको मृत्यु, ९ जना घाइते

रोल्पाः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलेर फर्कँदै गरेका विद्यार्थी सवार बोलेरो दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षीय सुनिल बिकको मृत्यु भएको हो । उनीहरू राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन् । सुनछहरी गाउँपालिका वडा नम्बर १ गाम खोलाको सेरमबाट सो विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप हिजो राति १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

गम्भीर घाइतेमध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा पु¥याउँदा चिकित्सकले राति साढे १२ बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी घाइते हुनेमा सुनछहरी गाउँपालिका वडा नम्बर ४ सिउरी का १५ वर्षीय हिमाल विक, १२ वर्षीया अमृता पुन, १४ वर्षीया जमुना विक, २४ वर्षीया अस्मिता विक, १६ वर्षीया पवित्रा पुन, १७ वर्षीय शनि विक, १२ वर्षीया विपना घर्ती मगर, १५ वर्षीय किसन घर्ती मगर र १५ वर्षीया हस्तिरा विक छन् ।

घाइतेलाई रोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको छ ।

दुर्घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

आज प्रहरी दिवस

आज विश्व खाद्य दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments