Monday, January 5, 2026
Homeधर्म र संस्कृतिशिवपाञ्चायन मन्दिरको २२ औँ साधारणसभा सम्पन्न

शिवपाञ्चायन मन्दिरको २२ औँ साधारणसभा सम्पन्न

गोठगाउँः शिवपाञ्चायन मन्दिर सुन्दरहरैंचा–७ गोठगाउँको २२ औँ वार्षिक साधारणसभा हिजो मन्दिरको सभाहलमा सम्पन्न भएको छ ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व जनप्रतिनिधि चैतन्यप्रसाद सिटौला, समाजसेवी रामप्रसाद उप्रेती, शिक्षाविद् लक्ष्मी खरेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पूर्व उपाध्यक्ष विष्णुप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।

साधारणसभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा लेखा समिति संयोजक अम्बिकाप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन पारित भएको थियो ।

मन्दिर व्यवस्थापन समितिका सचिव ठमराज न्यौपानेले सञ्चालन गर्नुभएको साधारणसभामा उपाध्यक्ष दुर्गा भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

साधारणसभामा मन्दिरका जग्गादाता देवीप्रसाद पराजुली, सामाजिक मिलन केन्द्र प्रतिष्ठानका अध्यक्ष गंगानाथ पोखरेलका साथै विभिन्न सामाजिक संघ संस्था र सुन्दरहरैंचाका विभिन्न टोल विकास संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments