Monday, January 5, 2026
Homeसमाजइन्द्रपुर जेसीजको २४ औँ तथा इन्द्रपुर जुनियर जेसीजको आठौं पदस्थापन सम्पन्न

इन्द्रपुर जेसीजको २४ औँ तथा इन्द्रपुर जुनियर जेसीजको आठौं पदस्थापन सम्पन्न

विराटचोकः मोरङको सुन्दरहरैँचास्थित इन्द्रपुर जेसीजको २४ औँ तथा इन्द्रपुर जुनियर जेसीजको ८ औँ पदस्थापन समारोह सम्पन्न भएको छ ।

विराटचोकस्थित नेपालीरिका होटलमा आयोजित पदस्थापन समारोहमा इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले वर्ष २०२६ का अध्यक्ष समीर बस्नेतलाई चेनसहित पदभार हस्तान्तरण गरेका हुन् । त्यसैगरी, इन्द्रपुर जुनियर जेसीज वर्ष २०२५ का अध्यक्ष आयुष अधिकारीले वर्ष २०२६ की अध्यक्ष रेजिना आचार्यलाई पदभार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्रकुमार राईले इन्द्रपुर जेसीजले कोशी प्रदेश सरकारले गर्न नसकेका काम गरेको भन्दै प्रशंसा गर्नुभयो । जेसीजको पदभार हस्तान्तरण कार्य राजनीतिक दलका नेताले स्मरण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रमका विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष बस्नेतले आफ्नो कार्यकालमा केही वर्षदेखि सञ्चालन हुन नसकेका कार्यक्रम पुनः सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जेसीजकर्मीद्वारा स्थापित विभिन्न पुरस्कार तथा अवार्ड पनि सो समारोहमा प्रदान गरिएको थियो ।

इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष नारायण कार्कीले स्थापना गर्नुभएको नरदेवी अवार्ड जेसीजकर्मी जेनिस ढकाललाई प्रदान गरिएको थियो ।

पूर्व अध्यक्ष शिवप्रसाद ढकाल, शारदाप्रसाद ढकाल तथा यज्ञप्रसाद ढकालले स्थापना गर्नुभएको कृष्ण–विन्दा आउटस्ट्यान्डिङ अवार्ड जेसीजकर्मी सुमन भट्टराईलाई प्रदान गरिएको थियो ।

पूर्व अध्यक्ष हेमचन्द्र घिमिरेले स्थापना गर्नुभएको शिवप्रसाद घिमिरे स्मृति अवार्ड सुकुना माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने बेलबारीनिवासी एल्सन बस्नेतलाई प्रदान गरिएको थियो ।

पूर्व अध्यक्ष रमेश खड्काले स्थापना गर्नुभएको डी–रत्न स्मृति अवार्ड निजी क्षेत्रमा भेन्टिलेटरसहित एम्बुलेन्स सञ्चालन गर्दै आउनुभएका चालक घनश्याम कुँवरलाई प्रदान गरिएको थियो ।

रामकृष्ण खड्काले स्थापना गर्नुभएको मातृका खड्का स्मृति छात्रवृत्ति पुरस्कार शिक्षा निकेतन माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अरूणा बञ्जरालाई प्रदान गरिएको थियो ।

पूर्व अध्यक्ष रोहितकुमार शाहले स्थापना गर्नुभएको रामप्रसाद साहु उत्कृष्ट जुनियर जेसी पुरस्कार साधना भट्टराईलाई प्रदान गरिएको थियो ।

रञ्जु–नगेन्द्र सुवेदी उत्कृष्ट जुनियर जेसीज अवार्ड प्रसन्न आचार्यलाई प्रदान गरिएको थियो ।

वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले आफ्नो कार्यकालका प्रत्येक महिनामा उत्कृष्ट कार्य गर्ने एक जना जुनियर जेसीज सदस्यलाई पुरस्कृत गर्नुभएको थियो ।

पदस्थापन समारोहमा फस्र्ट लेडी क्लबको प्रमुखमा गोमा अधिकारी र बोर्ड अफ ट्रस्टीजमा यज्ञप्रसाद ढकाललाई चयन गरिएको थियो । उहाँहरु दुवै जनाको कार्यकाल दुईदुई वर्षको हुनेछ ।

बोर्ड अफ ट्रस्टीजलाई जुनियर जेसीज २०२५ का अध्यक्ष आयुष अधिकारीले ७५ हजार रुपैयाँ र सिनियर जेसीजका अध्यक्ष आकाश दुलालले १ लाख २५ हजार रुपैयाँको चेक प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व जेसीज अध्यक्ष, जेसीजको राष्ट्रिय कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी, विभिन्न शाखाका अध्यक्ष, सुन्दरहरैंचा नगरपालिकाका जनप्रतिनिधिलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments