Friday, January 2, 2026
Homeराजनीतियस्तो छ कांग्रेसको १५ औं महाधिवेशनको प्रस्तावित नयाँ तालिका

यस्तो छ कांग्रेसको १५ औं महाधिवेशनको प्रस्तावित नयाँ तालिका

विराटचोकः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशनको नयाँ तालिका प्रस्ताव गरेका छन् ।

मंसिर १५ गतेको बैठकले पुस २६–२८ गते महाधिवेशन गर्ने निर्णय गरेको भए पनि तालिका प्रभावित भइसकेको भन्दै खड्काले १५ औं महाधिवेशनको नयाँ तालिका प्रस्ताव गरेका हुन् ।

पार्टी कार्यालय सानेपामा भएको बैठकमा उनले वैशाख २८–३१ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेका हुन् ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् ।

यस्तो छ नयाँ कार्यतालिका
चैत २१ – वडा अधिवेशन
चैत २५– गाउँ÷नगर अधिवेशन
चैत २८ – प्रदेश सभा, क्षेत्रीय अधिवेशन
वैशाख २ – प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्लाको अधिवेशन
वैशाख ५ – दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्ला अधिवेशन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments