काठमाडौंः पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको १५ औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव गर्नुभएको छ ।
विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै सकिएको हुनाले २०८३ सालको बैशाखमा नयाँ मिति तय भएको बताइएको छ ।







