Friday, January 2, 2026
Homeशिक्षा र स्वास्थ्यनरेशकुमार साह पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघमा निर्वाचित

नरेशकुमार साह पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघमा निर्वाचित

विराटचोकः बिहीबार भएको निर्वाचनमार्फत् पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा नरेशकुमार साह निर्वाचित हुनुभएको छ ।

साहले ४५ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नवीन लामिछानेले ४४ मत पाउनुभएको छ । भुपेन्द्र बाह्रकोटीले २९ र डाक्टर निरज मिश्रले १५ मत पाउनुभएको छ ।

उपसभापतिमा दृष्टि वस्ती ५३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी जीवन थापाले ४६ र अर्का प्रतिद्वन्द्वी शंकरप्रसाद भण्डारीले ३४ मत पाउनुभएको छ ।

महासचिवमा डा. प्रसन्न दाहाल ८६ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी दुर्गाप्रसाद बास्कोटाले ४७ मत ल्याउनुभएको छ ।

सचिवमा पुकार चौधरी ७३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी दीक्षा पौडेलले ६० मत ल्याउनुभएको छ ।

कोषाध्यक्षमा प्रमिला सिन्हा ६९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिष्पर्धी अविनाशकुमार मण्डलले ६३ मत पाउनुभएको छ ।

खुला सदस्यमा रोहित शर्मा र भोलानाथ लुुइँटेल तथा महिला सदस्यमा अस्मिता श्रेष्ठ, इञ्जिनियरिङ क्याम्पसबाट जगरनाथ साह, कृषि तथा वन विज्ञान क्याम्पसबाट मदनबहादुर थापा, विज्ञान तथा प्रविधि क्याम्पसबाट राकेश ठाकुर, मेडिकल क्याम्पसबाट सुशील रेग्मी, शिक्षण अस्पतालबाट राकेशकुमार अधिकारी, व्यवस्थापन क्याम्पसबाट प्रदीप केसी र जनता आदर्श बहुमुखी क्याम्पसबाट मनोजकुमार मेहता निर्विरोध निर्वाचित हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments