विराटचोकः ग्रेगोरियन पात्रोअनुसार आजदेखि सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नयाँ वर्षको स्वागतमा विश्वभर विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।
नेपालीसहित विश्वभरका मानिसले आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । विश्वभरका नेताले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गर्ने गर्छन् ।
इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतिलगायतका विभिन्न कार्यक्रम हुने गर्छन् । पर्यटक भेला हुने शहर काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानमा विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाइन्छ ।
धनकुटाको भेडेटारमा नयाँ वर्षको अवसरमा हरेक वर्ष फुड फेस्टिभल तथा पर्यटन महोत्सव हुने गर्दछ ।
क्रिस्चियन धर्मका प्रवर्तक येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेको पात्रोलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।







