Wednesday, December 31, 2025
Homeअर्थशेयर२०२५ सालको अन्तिम दिन शेयर बजारका सबै उपसमूहमा हरियाली

२०२५ सालको अन्तिम दिन शेयर बजारका सबै उपसमूहमा हरियाली

विराटचोकः सन् २०२५ को अन्तिम दिन बुधबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.४१ प्रतिशत अर्थात् १०.८७ अंकले बढेर २ हजार ६३३.७६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत मध्ये ३४२ वटा कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाउँदा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् १.६१ प्रतिशतले बढेको छ । ग्रीन भेन्चर्स कम्पनीको सर्वाधिक १७ करोड ७९ लाख ३ हजार ४१३ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज एसवाई प्यानल नेपाल र न्यादी हाईड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । बजार बढे पनि विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् १० प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब २२ अर्ब १५ करोड १० लाख ६४ हजार २६६ रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments