Thursday, February 12, 2026
Homeराजनीतिसामाजिक अभियन्ता आशिका तामाङ प्रत्यक्षबाट चुनाव लड्ने, समानुपातिकमा उम्मेद्वार बन्न बालेनले गरेको...

सामाजिक अभियन्ता आशिका तामाङ प्रत्यक्षबाट चुनाव लड्ने, समानुपातिकमा उम्मेद्वार बन्न बालेनले गरेको प्रस्ताव अस्वीकार

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी निर्वाचनमा समानुपातिकर्फतबाट उम्मेद्वार बन्न गरेको प्रस्ताव अस्वीकार गर्दै प्रत्यक्षतर्फबाट चुनाव लड्ने बताएकी छिन् ।

हिजो साँझ बालेनसँग छलफल गर्नुअघि तामाङले आफ्नो सामाजिक सञ्जालमार्फत एउटा पोल बनाएर आफू प्रत्यक्षमा निर्वाचनमा जाँदा हुन्छ कि समानुपातिकबाट उम्मेद्वार बन्ने भनेर मत मागेकी थिइन् । सो क्रममा ९२ प्रतिशतले प्रत्यक्ष निर्वाचन लड्न सुझाव दिएका थिए ।

सोही पोलको मतलाई आधार मान्दै आफू समानुपातिकमा होइन प्रत्यक्षतर्फबाट निर्वाचन लड्ने भनेर बालेनलाई जानकारी गराएकी थिइन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments