काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी निर्वाचनमा समानुपातिकर्फतबाट उम्मेद्वार बन्न गरेको प्रस्ताव अस्वीकार गर्दै प्रत्यक्षतर्फबाट चुनाव लड्ने बताएकी छिन् ।
हिजो साँझ बालेनसँग छलफल गर्नुअघि तामाङले आफ्नो सामाजिक सञ्जालमार्फत एउटा पोल बनाएर आफू प्रत्यक्षमा निर्वाचनमा जाँदा हुन्छ कि समानुपातिकबाट उम्मेद्वार बन्ने भनेर मत मागेकी थिइन् । सो क्रममा ९२ प्रतिशतले प्रत्यक्ष निर्वाचन लड्न सुझाव दिएका थिए ।
सोही पोलको मतलाई आधार मान्दै आफू समानुपातिकमा होइन प्रत्यक्षतर्फबाट निर्वाचन लड्ने भनेर बालेनलाई जानकारी गराएकी थिइन् ।







