Sunday, December 28, 2025
Homeसमाचारलोहितगंगा मुक्तिघाटले गर्याे पहिलो वार्षिक साधारणसभा

लोहितगंगा मुक्तिघाटले गर्याे पहिलो वार्षिक साधारणसभा

विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नं. ११ मा निर्माणाधीन लोहितगंगा मुक्तिघाटको प्रथम वार्षिक साधारणसभा घाट परिसरमा सम्पन्न भएको छ ।

साधारण सभामा पछिल्लो समय घाट निर्माणमा अनियमितता भएको भनी सामाजिक सञ्जालमा आएका विषयहरूबारे समेत प्रवेश पाएको थियो । सभामा ती विषयहरू गलत तथा भ्रामक रहेको निष्कर्ष निकाल्दै तथ्यबिनाका सामग्री सामाजिक सञ्जालमा प्रचार नगर्न आग्रह गरिएको छ ।

साधारण सभाले नवराज चापागाईंको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा धनमाया तामाङ र राजेन्द्र प्रसाद दाहाल, सचिवमा दिलीप दाहाल, कोषाध्यक्षमा टीका सुवेदी चयन हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments