Thursday, December 25, 2025
Homeधर्म र संस्कृतिआज क्रिसमस दिवस, इसाइ धर्मावलम्बीहरूले धुमधामका साथ मनाउँदै

आज क्रिसमस दिवस, इसाइ धर्मावलम्बीहरूले धुमधामका साथ मनाउँदै

विराटचोकः आज क्रिसमस दिवस अर्थात् क्रिसमस इभ । इशाई धर्मावलम्बीले मुख्य उत्सवको रुपमा आजको दिनलाई लिने गर्छन् ।

आज अर्थात् २५ डिसेम्बरमा इशाइ धर्मका प्रवर्तक प्रभु जिसस क्राइस्टको जन्म भएको मानिन्छ । त्यही आधारमा क्रिसमस मनाउने गरिएको हो । अर्थात् आज जिससको जन्मदिन हो ।

इसाइहरुको पवित्र ग्रन्थ बाइबल हो । क्रिसमसको कथा आजभन्दा करिब २ हजार बर्षअघिको हो । बाइबलमा उल्लेख भए अनुसार त्यसबेला रोम शासन थियो । अत्याचारी रोम शासकबाट जनता बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए ।

जिससले जन्मका लागि एक कुमारी कन्या म्यारी छनोट गरे । म्यारीकहाँ एक देवदुत पठाइयो र भनियो, ‘तिमीले प्रभुको पुत्र जीससलाई जन्म दिनुपर्नेछ ।’ उनले उक्त पुत्र पछि राजा हुने पनि बताए ।

जुन दिन जिससको जन्म हुनेवाला थियो । त्यसबेला म्यारी र उनका पति जोसेफ बेथलेहमतिर जाँदै थिए । त्यसबेला बेथलेहममा निकै भीड हुन्थ्यो । उनीहरुले बस्ने ठाउँ पाएनन् । त्यसैले त्यस रातका लागि घोडाको तबेलामा बसे । त्यहीँ जिससको जन्म भयो । यही कथालाई आधार मानेर क्रिसमस मनाइन्छ ।

क्रिसमसको अवसरमा घरघरमा क्रिसमस ट्रि सजाउने, त्यसमा रंगीचंगी बिजुली बाल्ने, खेलौनाहरु सजाउने जस्ता काम गरिन्छ । क्रिस्चियनहरूमा के पनि विश्वास छ भने शान्त क्लज (जसलाई क्रिसमसको पिता भनिन्छ) यसबेला हरेकको ढोकामा आउँछन् । त्यही कारण पनि घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ । यस पर्वको खास विशेषता भनेको क्रिसमस ट्रि, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्टभूमिमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments