लेटाङः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को लेटाङ नगर परिषद् भेलामा शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको छ ।
प्याव्सन लेटाङका अध्यक्ष भोलनाथ पाण्डेको अध्यक्षता र लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यतामा भएको भेलामा गत वर्षको एसईई र वार्षिक परीक्षामा उत्कृष्ट जीपीए ल्याउने २ छात्र र २ छात्रा तथा १४ जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिका प्रमुख भुपेन्द्रकुमार लावती र विशिष्ट अतिथि उपप्रमुख कृष्णकुमारी निरौलाले प्याव्सन लेटाङमा आबद्ध विद्यालयहरु मध्येबाट एसइइ परीक्षमा सबैभन्दा बढी जीपीए ल्याउने छात्रातर्फ लिटिल फ्लावर्स वोर्डिङ स्कुलकी सेलिना आचार्य र छात्रतर्फ पनि लिटिल फ्लावर्स वोर्डिङ स्कुलकै प्रथम श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरि जनही नगद ५ हजार सहित सम्मान गर्नुभयो ।
प्याब्सन लेटाङमा आबद्ध विद्यालयहरु मध्येबाट आधारभूत तह उत्तीर्ण गर्ने क्रममा सबैभन्दा बढी जीपीए ल्याउने नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनका छात्र आयुष खत्री र छात्रातर्फ पनि सोही विद्यालयकी अर्ली मगरलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरि जनही नगद ३ हजारसहित सम्मान गरिएको छ ।
त्यस्तै, प्याब्सन लेटाङमा आबद्ध १४ वटा विद्यालयबाट उत्कृष्ट एकएक जना शिक्षकलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।
सम्मानित हुने शिक्षकहरूमा जाँते प्यारागन इङ्लिस स्कुलबाट भूषण सूर्यमगर, टेण्डर वर्डस् इङ्लिस स्कुलबाट दिनेश खड्का, लिटिल फ्लावर्स बोर्डिङ स्कुलबाट तारा श्रेष्ठ, अमरहट मेमोरियल इङ्लिस स्कुलबाट लक्ष्मी बराल सुवेदी, लेटाङ सेकेण्डरी बोर्डिङ स्कुलका डेभलप राई, जाँते नमुना इङ्लिस स्कुलका चन्द्रबहादुर गुरुङ, पूर्वाञ्चल अल्मामेटर होमका उद्धव रिजाल रहेका छन् ।
त्यस्तै, पब्लिक सेन्ट्रल इङ्लिस स्कुलबाट सावित्रा आचार्य, ग्यालेक्सी एकेडेमीबाट सन्तोष भण्डारी, मिनर्वा सेकेण्डरी इङ्लिस स्कुलबाट किरण राई, मोरङ पाथिभरा इङ्लिस स्कुलबाट सीता खतिवडा, सनराइज इङ्लिस स्कुलबाट रिजुता मगर, लेटाङ ग्रीनभ्याली एकेडेमीबाट मनिषा राई र नोबेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनबाट निर्मल न्यौपानेलाई सम्मान गरिएको हो ।
नगर परिषद् भेलामा प्याव्सन लेटाङका अध्यक्ष भोलानाथ पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक गतिविधि, कार्यक्रम तथा कार्यतालिका बारे जानकारी दिनुभयो ।
प्याब्सन लेटाङका सचिव खगेन्द्र कार्कीले सञ्चालन गर्नुभएको नगर परिषद् भेलामा पूर्वअध्यक्ष कमल अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।







