Wednesday, December 24, 2025
Homeअर्थशेयरसामान्य अङ्कले बढ्यो शेयर बजार

सामान्य अङ्कले बढ्यो शेयर बजार

विराटचोकः आज शेयर बजार सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.०५ प्रतिशत अर्थात् १.३७ अङ्कले बढेर २ हजार ५८५.८७ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३३४ वटा कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ६२ हजार ७६८ पटक किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ६ वटा समूहमा हरियाली छाएको छ । निर्जीवन बीमा समूह सर्वाधिक अर्थात् ०.८७ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक अर्थात् ०.८५ प्रतिशतले घटेको छ ।

एसवाई प्यानलको सर्वाधिक १४ करोड ४९ लाख ३५ हजार ३८३ रुपैयाँको १ लाख ७९ हजार २६१ कित्ता शेयर किनबेच भएको छ ।

आज इन्फिनिटी लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ५ दशमलव ३२ प्रतिशतले बढ्दा ग्रामीण विकास लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ४.२३ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ४१ अर्ब ७३ करोड ९२ लाख ५५ हजार ६९८ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments