Friday, December 5, 2025
Homeफिचरनेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि सोलुमा मात्रै सर्वसम्मत प्रतिनिधि चयन

नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि सोलुमा मात्रै सर्वसम्मत प्रतिनिधि चयन

विराटनगरः मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा मात्रै सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । बाँकी जिल्लामा प्रतिनिधि चयनका लागि भोलि मतदान हुने भएको छ ।

सोलुखुम्बुबाट बुद्धिकुमार राजभण्डारी, डुफकुमार बास्तोल, डि. बि. रानापाल, कल्पना राई, मोहनकुमारी कार्की र जगनाथ बास्तोला प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनका लागि भूगोलबाट २२९ जना, जिफन्ट (ट्रेड युनियन) बाट ७ जना र प्रदेश कमिटीबाट ५ जना गरी करिब २४१ प्रतिनिधि सहभागी हुनेछन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको गृह जिल्ला मोरङबाट ४६ प्रतिनिधि चयनका लागि १४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मोरङमा २१ खुला, १५ महिला, ३ दलित र ७ युवा प्रतिनिधिका लागि तेब्बरभन्दा बढीले उम्मेद्वारी दिएका हुन् ।

धनकुटामा कोशी प्रदेशसभा सदस्य समेत रहेका एमाले नेता इन्द्रमणि पराजुली र अर्का नेता राजेन्द्र राईको नेतृत्वमा अलग–अलग प्यानल बनेका छन् ।

पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा पनि प्रतिनिधि चयन हुने आकाङ्क्षी धेरै रहेका छन् ।

शुक्रबार मध्यरातसम्ममा भए पनि धेरैको उम्मेद्वारी फिर्ता गराउन पार्टीका नेताहरु लागेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments