Friday, December 5, 2025
Homeखेलकुदएनपीएलः लुम्बिनी लायन्सलाई हराउँदै काठमान्डु गोर्खाजले जोड्यो अङ्क

एनपीएलः लुम्बिनी लायन्सलाई हराउँदै काठमान्डु गोर्खाजले जोड्यो अङ्क

विराटचोकः नेपाल प्रिमियम लिग (एनपीएल) को दोस्रो संस्करणमा काठमान्डु गोर्खाजले दोस्रो जीत हात पार्दै अङ्क जोडेको छ ।

हिजो त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जीतपछि अंक जोडेर तेस्रो स्थानमा पुगेको छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार पराजित भएको थियो ।

काठमान्डुले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट भएको थियो । लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ र दिलीप नाथले २५ रन बनाए पनि पर्याप्त भएन ।

बलिङमा काठमान्डुका मिलिन्द कुमार र जेरार्ड एरासमसले दुई÷दुई तथा कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान एकएक विकेट लिएका थिए ।

लुम्बिनीको पनि यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments