Friday, December 5, 2025
Homeफिचरसुन्दरहरैंचामा लैङ्गिक हिंसाविरुद्ध निकालिएको र्यालीमा देखिएनन् अधिकारकर्मी, विद्यार्थीको उल्लेख्य सहभागिता

सुन्दरहरैंचामा लैङ्गिक हिंसाविरुद्ध निकालिएको र्यालीमा देखिएनन् अधिकारकर्मी, विद्यार्थीको उल्लेख्य सहभागिता

विराटचोकः विश्वभर मनाइने  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा यस पटक सुन्दरहरैंचामा अघिल्ला वर्षमा झैँ उत्साह देखिएन । महिला अधिकारकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिको उपस्थिति यस पटक देखिएन ।

सुन्दरहरैंचा नगरपालिकाको कार्यालयबाट शुरु भएको र्याली विराटचोक दक्षिण बाट उपमेयरमार्ग हुँदै हरैंचा मोडमा निस्किएर पुनः नगरपालिकाको कार्यालयमा आएर टुङ्गिएको थियो । नगरपालिकाको कार्यालयमा उपमेयर अकली चौधरीले सम्बोधन गरेपछि पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो ।

लगभग ३५० जना सहभागी कार्यक्रममा ३०० जनाभन्दा बढी स्कुले विद्यार्थी सहभागी थिए । लगभग १०० जना विद्यार्थी सिद्धार्थ सेकेण्डरी स्कुलबाट सहभागी थिए । द राइजिङ र शिक्षा निकेतन माविका विद्यार्थीको पनि उल्लेख्य सहभागिता थियो । कार्यक्रम सकिएपछि सुकुना माविका विद्यार्थी नगरपालिका परिसरमा पुगेका थिए ।

विद्यार्थी र शिक्षकबाहेक सो र्यालीमा सीमित महिला जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलगायतका केही कर्मचारी मात्रै सहभागी थिए ।

र्यालीमा ‘हिंसा होइन अधिकार, सुरक्षित समाज सिङ्गो परिवार’, ‘पीडितलाई साथ दिऔँ, हिंसा अन्त्य गरौँ’, ‘हिंसा लुकाएर होइन उजागर गरेर अन्त्य गरौँ’जस्ता सन्देशसहितका नारा लगाइएको थियो । र्यालीमा सहभागीले पनि तिनै नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित यो वर्ष अभियान मनाइँदैछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments