Friday, December 5, 2025
Homeखेलकुदएनपीएलः विराटनगर किंग्सको लगातार तेस्रो जीत, साबिक विजेता जनकपुर बोल्ट्स पराजित

एनपीएलः विराटनगर किंग्सको लगातार तेस्रो जीत, साबिक विजेता जनकपुर बोल्ट्स पराजित

काठमाडौंः नेपाल प्रिमियर लिग दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरी विराटनगर किंग्सले लगातार तेस्रो जीत हात पारेको छ । विराटनगरले यो सिजनका सबै तीन खेल जितेको हो ।

विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि लफ्टी इतनले सर्वाधिक ४२ रन बनाएका थिए ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले चार ओभरमा केवल ११ रन दिएर ४ विकेट लिए । यस्तै, सूर्य तामाङले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए ।

त्रिवि क्रिकेट रंगशालामा विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्रै जोड्न सकेको थियो ।

विराटनगरको ३ खेलमा ६ अङ्क पुगेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments